दफा १५४
कैदमा राख्नु पर्ने
(१) दफा १५१ को उपदफा (४) बमोजिम अदालतमा उपस्थित कसूरदारको हकमा कैदी पूर्जी जारी भई आएपछि र फरारको हकमा समेत कसूरदार प्रहरी कार्यालयबाट पक्राउ भई अदालतमा पेश गरी निजको नाममा कैदी पूर्जी जारी भई आएपछि कारागार कार्यालयले त्यस्तो कसूरदारलाई कानून बमोजिम कैदमा राख्नु पर्नेछ ।
तर अठार वर्ष उमेर नपुगेको बालबालिका कसूरदार ठहरिएकोमा निजलाई नेपाल सरकारले व्यवस्था गरेको छुट्टै बाल सुधार गृह वा यस्तै अन्य गृहमा राख्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम कैदमा राख्दा कसूरदार कहिलेदेखि थुनामा रहेको वा पक्राउ परेको हो निजको कैद अवधि कहिले भुक्तान हुने हो भन्ने कुरा समेतको अभिलेख कारागार कार्यालयले तयार गरी अद्यावधिक रुपमा राख्नु पर्नेछ ।